+
+
Shares

बागमती प्रदेश सभाको भवन ३ वर्षपछि शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते १७:५३

१० मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा सचिवालयको भवन बुधबार शिलान्यास भएको छ । तत्कालीन मध्यामाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा २ वर्ष १० महिनादेखि अस्थायी रुपमा बसिरहेको संसद भवन र प्रदेश सभा सचिवालयले बल्ल नयाँ भवन निर्माण सुरु गरेको हो ।

लामो समयसम्म प्रदेशको स्थायी राजधानी नटुङ्िगएकोले प्रदेश सभा भवन बन्न सकेको थिएन ।

बागमती प्रदेश सभामा तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम आव्हान गरे अनुसार २०७४ माघ १८ गते बागमती प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठक हालका मुख्यमन्त्री डोरमणि पौडेलले ज्येष्ठ सदस्यको हैसियतले सञ्चालन गरेका थिए ।

बागमती प्रदेश सभाले वि.स. २०७४ फागुन १४ गतेको बैठकवाटे आफ्नो कार्य संचालन गर्न थालेको थियो । १४ गतेबाट बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम, कारवाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्नको लागि संविधानको धारा १९४ अनुसार प्रदेश सभा नियमावली, २०७४ बनाएको छ र सोही नियमावली अनुसार प्रदेश सभा संचालन भईरहेको छ ।

४ करोड ३७ लाख लागत

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको निर्माण हुन लागेको हलको बुधबार शिलान्यास गरेका छन् ।

४ करोड ३७ लाखमा प्रदेश सभा हलको निर्माण सम्झौता भई बुधबारबाछ काम सुरु भएको हो । २०७९ वैशाख २१ गतेसम्म हलको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

हेटौंडा १० टिसिएनमा बनिरहेको प्रदेश सभाहलमा २ सय ५० जना अट्ने क्षमता रहेको छ । सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ ।

शिलान्यास गर्दै सभामुख सानुकुमार श्रेष्ठले निर्माण सम्पन्न हुने मिति अगावै काम सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।

उनले प्रदेश सभाहल नहुँदा प्रदेश सभा सञ्चालनमा धेरै समस्या आईरहेको गुनासो आएकोले छिटो निर्माण गरेर सहज बनाउने बताएका हुन् ।

शिलन्यास कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल्, उपसभामुख राधिका तामाङ, नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलगायत प्रदेश सभाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?