Comments Add Comment

कोरोना भाइरस संक्रमणबाट थप ‍‍‍‍२१ जनाको मृत्यु

१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ ।

काभ्रेका ६, काठमाडौंका ३, भक्तपुर, ललितपुर र सुनसरीका २/२, धनकुटा, मोरङ, सप्तरी कास्की, नवलपरासी पूर्व र दाङका १/१ जना संक्रमतिको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।

  • काभ्रेका ८३ वर्षीय पुरुषको मंसिर ३ मा मृत्यु भएको छ । निमोनिया भएर २७ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काभ्रेका ७२ वर्षीय पुरुषको १ मंसिरमा मृत्यु भएको छ । निमोनिया भएर १ मंसिरमै अस्पताल पुगेका उनमा उक्त रक्तचाप र चिनी रोगको समस्या समेत थियो ।
  • काभ्रेका ७० वर्षका पुरुषको मंसिर ८ गते मृत्यु भएको छ । निमोनियाको समस्या देखिएपछि मंसिर ७ गते अस्पताल भर्ना भएका उनमा ८ गते संक्रमण पुष्टि भएको थियो ।
  • काभ्रेका ७७ वर्षका पुरुषको मंसिर ९ गते मृत्यु भएको छ । निमोनियाको समस्या देखिएर मंसिर ७ गते अस्पताल भर्ना भएका उनमा पनि मंसिर ८ गते संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेहको समस्या पनि थियो ।
  • काभ्रेका ७५ वर्षका पुरुषको मंसिर ९ गते मृत्यु भएको छ । मंसिर १ गते संक्रमण पुष्टि भएका उनलाई मंसिर ४ गते अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समया थियो ।
  • काभ्रेकी ८० वर्षकी महिलाको मंसिर ९ गते मृत्यु भएको छ । मंसिर ६ गते संक्रमण पुष्टि भएकी उनलाई मंसिर ८ गते अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचापको समस्या थियो ।
  • काठमाडौंका ९३ वर्षका पुरुषको मंसिर ९ गते मृत्यु भएको छ । मंसिर ६ गते संक्रमण पुष्टि भएका उनी स्वासप्रश्वासमा समस्या देखिएपछि ७ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र दमको समस्या थियो ।
  • काठमाडौंका ६० वर्षका पुरुषको मंसिर ६ गते मृत्यु भएको छ । कात्तिक २७ गते संक्रमण पुष्टि भई २८ गते अस्पताल भर्ना भएका उनमा स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • काठमाडौंका ७१ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । मंसिर ७ गते संक्रमण पुष्टि भएका उनी ८ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • भक्तपुरका ६५ वर्षका पुरुषको मंसिर ८ गते मृत्यु भएको छ । कात्तिक २५ गते अस्पताल भर्ना भएका उनमा मंसिर ७ गते संक्रमण पुष्टि भएको हो । उनी मिर्गौलाका बिरामी थिए ।
  • भक्तपुरका ४३ वर्षका पुरुषको मंसिर ९ गते मृत्यु भएको छ । कात्तिक १६ गते अस्पताल भर्ना भएका उनमा कात्तिक २२ गते संक्रमण पुष्टि भएको थियो । उनमा मष्तिष्कको संक्रमण पनि देखिएको थियो ।
  • ललितपुरका ५४ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । मंसिर ३ गते अस्पताल भर्ना भएका उनमा ६ गते संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह र थाइराइडको समस्या थियो ।
  • ललितपुरका ६१ वर्षका पुरुषको मंसिर ९ गते मृत्यु भएको छ । मंसिर ४ गते अस्पताल भर्ना भएका र ५ गते संक्रमण पुष्टि भएका उनमा उच्च रक्तचापको समस्या थियो ।
  • धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
  • धरान उपमहानगरपालिका–७, सुनसरीकी ५० वर्षीया महिलाको मंगलबार राति ९ : १५ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई पनि कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।
  • रामधुनी नगरपालिका–६, सुनसरीका ४० वर्षीय पुरुषको मंगलबार राति ११: ४० बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनमा साँझ संक्रमण पुष्टि भएको थियो ।
  • धनपालथान गाउँपालिका– ६, मोरङकी ७० वर्षीया वृद्धाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । २६ कात्तिकमा अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
  • राजविराज नगरपालिका–४, सप्तरीका ५० वर्षीय पुरुषको मंगलबार राति सवा १२ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । कलेजोसम्बन्धी रोगबाट पीडित उनमा मंसिर १ गते संक्रमण पुष्टि भएको थियो र सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • पोखरा महानगरपालिका–१०, कास्कीका ७६ वर्षीय पुरूषको बुधबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा मंसिर ८ गते संक्रमण पुष्टि भएको थियो ।
  • गैंडाकोटा नगरपालिका–८ नवलपरासी पूर्वका ६० वर्षीय पुरूषको बुधबार बिहान ३ : ३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । कत्तिक २९ गते सडक दुर्घटनामा परी भर्ना भएका उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • तुलसीपुर उपमहानगरपालिका–६ दाङकी ७७ वर्षीया महिलाको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मंगलबार राति १२ बजे मृत्यु भएको छ । मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment