
मलयालम चलचित्र ‘जल्लीकट्टु’ ९३ औं एकेडमी अवार्डका लागि भारतबाट छानिएको छ । यो चलचित्रले अस्करको बाटो तताइरहँदा नायिका कंगना रनावतले भने बलिउडकर्मीमाथि आक्रोश व्यक्त गरेकी छिन् ।
उनले, भारतीय चलचित्र उद्योग बलिउडकर्मीका परिवारका लागि मात्र नभएको पनि उल्लेख गरेकी छिन् । कंगनाले लेखेकी छिन्–‘भारतीय चलचित्र उद्योग परिवारवादका लागि मात्र होइन । मुभी माफिया समुह घरमा लुकेर बस र जुरीलाई आफ्नो काम गर्न देउ ।’
फिल्म फेडरेशन अफ इन्डियाको १४ जनाको टिमले लिजो जोस पेलीसरीको निर्देशनमा तयार भएको चलचित्र ‘जल्लीकट्टु’लाई अस्कर अवार्डका लागि छनोट गरेको हो । यो चलचित्रले उत्कृष्ट अन्तरराष्ट्रिय फिचर फिल्मको विधामा भारतको प्रतिनिधित्व गर्नेछ । सन् २०२१ को अप्रिल २५ मा यो अवार्ड आयोजना हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4