+
+
Shares

४ वर्ष अघिकाे अवस्थामा आइपुग्यो सेयर बजार, नेप्से १९ सय माथि

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १२:१४

११ मंसिर, काठमाडौं । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन । त्यसबेलादेखि ओरालो लागेको नेपाली सेयर बजारले बिहीबार नयाँ किर्तिमान कायम गरेको छ ।

बिहीबार कारोबार खुला भएसँगै बढ्न शुरु भएको नेप्से परिसूचक एक घण्टा नवित्दै ४० अंकले बढेर १ हजार ९ सय माथि पुगेको छ ।

१२ बजेसम्म नेप्सेमा कारोबार हुने व्यापार र म्युचुअल फण्ड बाहेक सबै समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम पनि एक घण्टामा २ अर्ब नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?