Comments Add Comment

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

११ मंसिर, काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार राति मृत्यु भएको डा . शर्माले बताए । उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment