Comments Add Comment

परराष्ट्र सचिवस्तरीय बैठक : दुई देशबीचका समस्या समाधान गर्न सकारात्मक छलफल

११ मंसिर, काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ ।

वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी थिए । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको थियो ।

वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने, ‘छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ ।’

उनले अगाडि भने, ‘वार्ता एकदमै उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डाहरु एकदमै वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ ।’

बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीट मार्फत दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ ।

काठमाडौस्थित भारतीय दूतावासले दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरू चाल्ने सहमति पनि भयो’ दूतावासले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment