
असाप इन्टरटेन्मेन्टले हेरिटेज अफ फेसन नेपाल सिजन २ को आयोजना गर्ने तयारी गरेको छ । आउँदो बर्षको मार्च १५ मा नेपाल र अष्ट्रेलियामा यो कार्यक्रमको आयोजना हुनेछ । यो कार्यक्रमको आयोजक निर्माता सन्तोष अधिकारी हुन् ।
उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको सहभागीता रहने बताइएको छ । कोरोनाले विश्व नै आक्रान्त बनिरहेको बेलामा नेपाली कला र संकृतीको विकास र प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गर्न लागिएको निर्माता अधिकारीले बताए ।
गतबर्षबाट सुरु भएको यो कार्यक्रम पोखरा र अष्ट्रेलियामा आयोजना गरिएको थियो । यो बर्ष दुबई र यूरोपमा पनि फेसन शोको आयोजना गर्ने तयारी सन्तोषको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4