+
+
Shares

काठमाडौं–३१ का कांग्रेस नेता कोइरालाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते ७:४६

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको निधन भएको छ ।

पुरानो बानेश्वर निवासी कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनको शनिबार बिहान सिभिल अस्पतालमा निधन भएको हो ।

कोइरालालाई कोरोना संक्रमण पनि भएको थियो । तर उनी कोरोना संक्रमणमुक्त भएको तीन साताभन्दा बढी भइसकेको थियो । ‘गएराति सुगर बढेको थियो, बिहानपख स्वास्थ्यमा अलि बढी नै समस्या भएपछि अस्पताल लगिएको थियो,’ कोइराला परिवारका एक सदस्यले भने, ‘तर उहाँको देहान्त भयो ।’

२०५४ सालमा वडा नं. ३१ को वडा सदस्यमा निर्वाचित कोइराला गत स्थानीय तहको निर्वाचनमा पनि वडा सदस्यको प्रत्यासी थिए ।

काठमाडौं क्षेत्र नं. १ का सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोइरालाको निधनले अत्यन्त पीडा भएको बताएका छन् । पार्टीले र वडाबासीले एक कर्मठ व्यक्ति गुमाउनु परेको उल्लेख गर्दै नेता सिंहले कोइरालाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?