+
+
Shares

भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते ८:१५

१३ मंसिर, काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत खत्रीका श्रीमती, सात वर्षीया छोरी र पाँच वर्षीय छोरा छन् ।

गत असारमा जम्मु–कश्मीरमै भारतीय सेनामा कार्यरत नेपालीहरू सम्बुर गुरुङ र दीपक कार्कीको तथा २०७६ कात्तिकमा गामिलकुमार श्रेष्ठको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?