+
+
Shares

कोरोनाबाट गोरखामा ७५ वर्षीया वृद्धाको मृत्यु

विकास मरहट्टा विकास मरहट्टा
२०७७ मंसिर १३ गते ९:०९

१३ मंसिर, गोरखा । कोरोना संक्रमणबाट गोरखा नगरपालिका–६ की ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते उनी अस्पताल भर्ना भएकी थिइन् । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । ‘उहाँ विगत दश महिनादेखि हिँडडुल गर्न नसक्ने र ओछ्यानमै पर्नु भएको अवस्था रहेछ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘अस्पताल आउँदा उहाँको अवस्था निकै कमजोर र निमोनिया थियो, उपचारको क्रममा मृत्यु भयो ।’

उनको शव सेनाले व्यवस्थापन गरेर घाटसम्म लाने तयारी गरिरहको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले बताए । ‘सेनाले घाटसम्म शव व्यवस्थापन गरेर लगिदिन्छ अनि आफन्तले आवश्यक सुरक्षा मापदण्ड अपनाएर परम्पराअनुसार दाहसंस्कार गर्नुहुन्छ,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?