+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

गाउँपालिकाले पुर्‍यायो दुर्गम गाउँमा सडक

राजन दाहाल राजन दाहाल
२०७७ मंसिर १३ गते १०:००

१२ मंसिर, मकवानपुर । उमेरले ७७ वर्ष पुगेका भिमफेदी गाउँपालिका–८ महभिरका देवानसिं गोले निकै खुसी देखिन्छन् । किनकि घर आँगनसम्मै गाडी गुडेको देख्ने उनको सपना पूरा भएको छ ।

‘सडक नबन्दा गाउँबाट बजार आउने–जाने कल्पनासमेत हुँदैन थियो अहिले सडकले गाउँलाई छोएको छ,’ उनले आफ्नो खुसी साटे, ‘ढल्कदो उमेरमा गाउँसम्म सडक आयो, अब गाडीसँगै अन्य सुबिधा पनि आउँछ ।’

भिमफेदी गाउँपालिकाले दुई वर्ष लगाएर डेढ करोडको लागतमा गाउँसम्म बाटो पु¥याएपछि महभिर, बाह्घरे सहित गाउँका ३ सय घरका बासिन्दा लाभान्वित भएका छन् । भिमफेदीसम्म पुग्नका लागि एक दिनको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । सडक सञ्जालले नजोडिएका कारण गाउँका कतिपय मानिस मोटरगाडी नदेखि बिते । कतिले समयमा उपचार नपाएर ज्यान गुमाए । अब सडक पुगेसँगै गाउँमा खुसी छाएको छ । बिरामीलाई छिटो स्वास्थ्य संस्था पुर्याउने अवस्था बनेको छ । खेतबारीमा फलाएका तरकारी बजारमा बेचेर आयआर्जन गर्ने बाटो खुलेको छ ।

भिमफेदी—कोगटे—देउराली—सिस्नेरी सडक खण्डको भिमफेदी—७ मेलटारबाट पालिकाले ८ किलोमिटर लामो सडक निर्माण गरिदिएको छ । ‘हामीले अहिले बाटो गाउँसम्म आउने कल्पनासमेत गरेका थिएनौं,’ ६६ वर्षीय दिलबहादुर घलानले भने, ‘गाडि चढ्ने सपना साकार भएको छ ।’

गाउँसम्म जाने सडक खण्डमा पर्ने चक्कुभीर चिरेरै बाटो गाउँसम्म पुग्ने कुरा स्थानीयलाई असम्भव लागेको थियो । हिँड्न पनि मुस्किल हुने भिर काटेर पालिकाले बाटो निर्माण गरेपछि गाउँमा सवारी साधन त पुग्यो नै गाउँको उत्पादन शहरमा बेचेर अर्थोउपार्जन गर्ने अवस्थासमेत बनेको छ ।

बिगतमा स्थानीयले स्वास्थ्य संस्था पुग्न नपाई बाटोमै ज्यान गुमाएको स्मरण गर्दै वडा सदस्य सिता थिङले भनिन्, ‘अब व्यर्थै ज्यान गुमाउनु पर्ने अवस्थाबाट गाउँलेले मुक्ति पाएका छन् । पालिकाले निर्माण गरिदिएको सडकका कारण अब बिरामी बोकेर हिँड्नुपर्ने बाध्यता टरेको छ, अब गाउँसम्म एम्बुलेन्स आउँछ ।’ बाटो गाउँमा पुगेसँगै स्थानीले आफ्नो बारीमा फलेका केराउ, सिमी बिक्री गरेर आर्यआर्जन गरेको उनले बताइन् ।

सरकारी सेवा लिनका लागि पालिकासम्म आउने वातावरण तयार गर्नका लागि सबै वडा कार्यालयसम्म सडक पु¥याउने गरी काम भैरहेको अध्यक्ष हिदम लामाले बताए । ‘सडक नभएका कारण सेवा लिनबाट जनतालाई बञ्चित गराउन हुँदैन भन्ने लक्ष्यका साथ हामीले काम गरिरहेका छौं,’ उनले भने । सडक सञ्जालले गाउँलाई समेट्ने अभियानमा पालिका रहेको भन्दै उनले अब ट्र्याक खोल्ने र चाँडै स्तरीकरण गर्ने योजना रहेको बताए ।

सांसद खतिवडाले गरे शिलान्यास

हाल मकवानपुरका गाउँगाउँसम्म सडक पुर्या‍उने लक्ष्यसहित काम भइरहेको छ । भिमफेदी गाउँपालिकाको ७ र ८ हुँदै कान्ति लोकपथ जोड्ने सडकको शिलान्यास गरिएको छ । पालिकाको कोगटे र धार्के हुँदै कान्ति लोकपथ जोड्ने सडकको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले शिलान्यास गरे ।

गाउँको उत्पादन शहरसम्म पुर्याउने र शहरसँग सहज पहुँचका लागि पालिकाले आन्तरिक श्रोत परिचालन गरेर निर्माण गर्न लागेको सडकबाट स्थानीयलाई ठूलो राहत मिल्ने बताइएको छ । महभिरसम्म पुगेको सडकलाई थप बिस्तार गर्न गाउँपालिकाले भ्याटसहित ७५ लाख ९८ हजार २ सय ९७ रुपैयाँ खर्चेर काम गरिरहेको छ । सडकको काम गर्ने ठेक्का हेटौंडाको शास्वत कन्ट्रक्सनले पाएको छ ।

सडक शिलान्यास गर्दै सांसद खतिवडाले सडकले गाउँलेको जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । सडकसँगै यहाँको उत्पादन बजारसम्म जाने र गाउँमा आर्थिक उपार्जनमा जनताको सहभागिता बढ्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?