+
+
Shares

भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद : लेखा समिति सभापति शाह

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते १२:५९

१३ मंसिर, बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको आरोप लगाएका छन् ।

सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको शाहको टिप्पणी छ ।

शनिबार बुटवलमा पत्रकारहरुसँगको साक्षात्कारमा नेता शाहले भ्रष्टाचार र सत्तारुढ दलभित्रको झगडाले देश बर्बाद हुने स्थितिमा पुगेको बताए । सरकार नै भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचारीलाई कारबाही नभएको उनले बताए ।

‘सरकारले सबै खरिद प्रक्रियामा भ्रष्टाचार गरेको छ,’ शाहले भने, ‘कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री किन्दा भ्रष्टाचार भएको छ, वाइड बडी हवाईजहाज किन्दा भ्रष्टाचार भएको छ, सेक्युरिटी प्रेस किन्न खोज्दा भ्रष्टाचार भएको छ ।’

सार्वजनिक लेखा समितिमा परेका उजुरीका आधारमा आफूहरुले छानविन गरेपनि कारबाही हुन नसकेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?