+
+
Shares

जिल्ला-नगरतर्फको केन्द्रीय सदस्यमा पनि प्रधान समूहको पल्ला भारी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते २३:५३

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगरतर्फको मतगणना सकिएको छ ।  जिल्ला-नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा पनि प्रधान प्यानलको वर्चस्व छ ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा  प्रधान समूहबाट दिनेशलाल श्रेष्ठ विजयी भएका छन् ।

राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमान बहादुर खड्का र सुरकृष्ण वैद्य विजयी भए ।

यसैगरी कुविर कुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य र अमृत भट्टचन पनि जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा निर्वाचित भए ।

जिल्ला नगरतर्फको सबै १०५ भोट नै खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?