Comments Add Comment

रियल मड्रिडको घरेलु मैदानमा २० वर्षपछि अलाभेज विजयी

१४ मंसिर, काठमाडौं । रियल मड्रिड घरेलु मैदानमै अलाभेजसँग पराजित भएको छ । स्पानिस ला लिगामा अलाभेजलले २० वर्षपछि रियललाई उसैको मैदानमा पराजित गरेको हो । गएराति भएको ला लिगाको खेलमा अलाभेजले रियललाई २-१ ले हरायो ।

रियलको मैदान सानटियागो बर्नाबेउमा भएको खेलको पाँचौ मिनेटमै लुकास पेरेजले पेनाल्टीमा गोल गर्दै अलाभेजलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा जोसेलुले गोल गर्दै अलाभेजको अग्रता दोब्बर पारे ।

रियलका लागि कासेमिरोले ८६औं मिनेटमा गोल फर्काएपनि हार टार्न पर्याप्त भएन । एडेन हाजार्डको चोट रियललाई अर्को चिन्ता बनेको छ । खुट्टाको चोटका कारण हाजार्ड २८औं मिनेटमै मैदान बाहिरिएका थिए ।

हारपछि रियलले तेस्रो स्थानमा उक्लने मौका गुमायो । १० खेलबाट १७ अंक रहेको रियल चौथो स्थानमा छ । ११ खेलबाट १३ अंक जोडेको अलाभेज नवौं स्थानमा उक्लेको छ ।

ला लिगाकै अर्को खेलमा हुएस्कालाई १-० ले पराजित गर्दै सेभिया पाँचौ स्थानमा उकलेको छ । सेभियाको लागि युसेफ एन नेस्य्रीले ८३औं मिनेटमा निर्णायक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment