Comments Add Comment

युभेन्ट्स बेनेभेन्टोसँग बराबरीमा रोकियो

१४ मंसिर, काठमाडौं । साविक विजेता युभेन्ट्स इटालियन सिरि ए मा बेनेभेन्टोसँग बराबरीमा रोकिएको छ । खेलमा पहिले अग्रता लिएर पनि युभेन्ट्सले बेनेभेन्टोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

सिरी ए मा यस सिजन अपराजित दुई टिममध्ये एक रहेको युभेन्ट्सले यस सिजन पाँचौ बराबरी खेलेको हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविनै युभेन्ट्स मैदान उत्रेको थियो ।

बेनेभेन्टोको मैदानमा अल्भारो मोराटाले २१औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टायममै गाएटानो लेटिजाले बेनेभेन्टोका लागि बराबरी गोल फर्काए । इन्जुरी टाइमको आठौं मिनेटमा युभेन्ट्सका गोलकर्ता मोराटा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

बराबरीपछि युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । ९ खेलबाट १७ अंक जोडेको युभेन्ट्स पाँचौ स्थानमै छ ।

अर्को खेलमा ससुलोलाई ३-० ले पराजित गर्दै इन्टर दोस्रो स्थानमा उक्लेको छ । ९ खेलबाट समान १८ अंक जोडे पनि इन्टरले ससुलोलाई गोलअन्तरमा पछि पारेको हो ।

इन्टरका लागि एलेक्सिस सान्चेज र रोवर्टो गाग्लिएर्डिनीले गोल गरे । ससुलोका भ्लाड चिरिसेसले एक आत्मघाती गोल उपहार दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment