Comments Add Comment

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

१४ मंसिर, विराटनगर । झापा, मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा–७ का ४० वर्षीय बिजेस लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते लिम्बुको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि शनिबार राति साढे नौ बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । को ३८ प १६६५ नम्बरको स्कुटर र को २ त ३१९६ नम्बरको ट्याक्टर आपसमा ठोक्किँदा स्कुटर चालक सुन्दरहरैंचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको न्युरो अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालक फरार छन् ।

यसैगरी शुक्रबार उर्लाबारी नगरपालिका–८ स्थित इटहरा–उर्लाबारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते छन् ।

यसैगरी झापाको अर्जुनधारा–५ स्थित भित्री सडक खण्डमा शनिबार साँझ मोटरसाइकल र जेसीबी ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १ –०१–०१२ प ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ख १५८७ नम्बरको जेसीबी ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–३ का ३५ वर्षीय दीपककुमार बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि जेसीबी चालक अर्जुनधारा–९ का ४२ वर्षीय सुदीप खनाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment