+
+
Shares

लिगलिगकोटमा होमस्टे सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १०:००

१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका–२ स्थित ऐतिहासिक थलो लिगलिगकोट घुम्न आउने पर्यटलाई लक्षित गरेर होम स्टे सञ्चालनमा ल्याइएको छ ।

पछिल्लो समय लिगलिगकोट घुम आउनेको संख्या बढेको तर खाने बस्ने समस्या रहेकाले होम स्टे राखेको लिगलिगकोट होम स्टे समितिकी अध्यक्ष प्रेमकुमारी थापाले बताइन् ।

होम स्टे सञ्चालनका लागि सात वटा घर निर्माण गरिएको छ । ‘एक कोठाको सात वटा घर निर्माण गरेका छौं,’ उनले भनिन्, ‘एउटा घरमा तीन जनासम्म पाहुना अट्छन् ।’

घर निर्माणका लागि हाल अमेरिका बस्दै आएका स्थानीय डा. बालकृष्ण शर्मा मरहट्टाले प्रति घर तीन लाख रुपैयाँ सहयोग गरेका थिए । आवश्यक निर्माण सामग्री पनि मरहट्टाले सहयोग गरेको समितिले जनाएको छ ।

निर्माण सामग्री ढुवानीका लागि पालुङटार नगरपालिकाले सहयोग गरेको थियो । ती घरका लागि फर्निचर भने बौद्ध हिमाल युवा क्लब पालुङटारले अमेरिका र स्वदेशमै रहेका नागरिकको सहयोगमा उपलब्ध गराएको समितिकी अध्यक्ष थापाले बताइन् । होम स्टेका लागि थप घरहरु निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘अहिले सात घरबाट शुरु गरेका छौं, अब २० वटा घर थप्ने तयारी भइरहेको छ,’ उनले भनिन् ।

लिगलिगकोट घुम्न आउनेलाई कम्तीमा एक दिन भुलाउने र लिगलिगकोट तथा वरपरका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको समितिकी कोषाध्यक्ष देवी ठकुरीले बताइन् । ‘लिगलिगकोट आउने पर्यटकहरु बढ्न थाले, तर खाने बस्ने ठाउँ नहुँदा एकैछिन घुमेर फर्कनुहुन्छ, उहाहरुलाई एक रात लिगलिगकोटमा भुलाउन सक्यौं भने यो ठाउँको प्रचार प्रसार र विकासमा पनि सहयोग पुग्छ’ उनले भनिन् ।

होम स्टे आउने पाहुनाहरुले स्थानीय स्तरमा उत्पादन गरिएको परिकारको स्वादसँगै स्थानीय संस्कृति हेर्न पाउने उनले बताइन् । होम स्टेको शनिबार एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले होम स्टे सञ्चालन भएसँगै स्थानीयको आयआर्जन बढ्ने बताए । ‘अहिले दैनिक करिव एक सय भन्दा बढी पर्यटक लिगलिगकोट घुम्न आउनुहुन्छ, तर उहाहरुलाई यहाँ बस्ने खाने ठाउँ छैन, अब यो होम स्टेले त्यो सेवा दिन्छ र स्थानीयलाई आर्थिक रुपमा पनि फाइदा पुग्छ भन्ने अपेक्षा गरेका छौ,’ मेयर कँडेलले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?