Comments Add Comment

‘याक्थुङ संस्कारहरू’ सार्वजनिक

सांस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ संस्कारहरू’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा याक्थुङ जातिको जन्म, विवाह र मृत्यु संस्कारका विविध पक्षहरू समेटिएको छ । किताब ६ खण्डमा विभाजित छ ।

धरानमा आयेजित कार्यक्रममा मादेनको पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश अध्यक्ष ध्रुवकुमार मेन्याङ्वोले धर्मबारे आन्तरिक बहस चलिरहेको बेला संस्कृतिमार्फत् एकताको प्रयास खोजिनुपर्ने बताएका छन् ।

उनले भने, ‘सावायेत्हाङका सन्तान मानिने याक्थुङ समुदाय मुन्धुममा आधारित कर्मकाण्ड गर्ने, जीवन दर्शनमा विश्वास गर्ने र पितृ प्रकृतिलाई सम्मान गर्ने समुदाय हुन् ।’

लेखकले यसअघि तिल्लिङ वंशावली र उद्घोषण कलाबारे पुस्तक सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment