+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

१२ लाख मूल्य बराबरको अलैंची बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १८:३०
प्रहरीले बरामद गरेको अलैंची ।

१४ मंसिर, वीरगञ्ज । प्रहरीले बाराबाट १२ लाख मूल्य बराबरको अलैंची बरामद गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा सवारी चेकजाँचको क्रममा सो मूल्य बराबरको अलैंची बरामद भएको हो ।

नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको बसको छतमाथि कागज पत्र नभएको २६ बोरामा रहेको ६ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरी चौकी पथलैयाको टोलीले शनिबार बरामद गरेको अलैंची आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?