Comments Add Comment

सोसिडाड र भियारियालले अंक बाँडे, दुवै टिमको पेनाल्टी गोल

१५ मंसिर, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको रियल सोसिडाड र तेस्रो स्थानको भियारियलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दुवैतर्फबाट पेनाल्टीमा गोल भएपछि खेल १-१ को बराबरीमा सकिएको हो ।

सोसिडाडको मेदानमा भएको खेलको छैटौं मिनेटमै जेरार्ड मवरेनोले गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको ३३औं मिनेटमा मिकेल ओयाजाबालले सोसिडाडका लागि पेनाल्टीमै बराबरी गोल फर्काए ।

बराबरीपछि दुवै टोली आफ्नो पोजिसनमा यथावत छन् । सोसिडाड ११ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट २० अंकसहित भियारियाल तेस्रो स्थानमा यथावत छ ।

सोसिडाड बराबरीमा रोकिँदा दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई फाइदा पुगेको छ । दुई खेल कम खेलेको एट्लेटिकोको २३ अंक छ ।

एट्लेटिकोले आगामी खेलमा रियल भाल्लाडोलिडलाई पराजित गरेमा शीर्ष स्थानमा उक्लनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment