Comments Add Comment

पुष्प, नरेन, श्रृजना र सरोजको ‘झन् झन् माया’

गायक ध्रुव विस्कोको नयाँ गीत ‘झन् झन् माया’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा गायक विस्कोकै संगीत छ । गीतमा सरु गौतमले पनि स्वर दिएकी छिन् ।

माइकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा कलाकारहरु पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको नृत्य हेर्न सकिन्छ । भिडियोमा दिनेश डीसीले पनि अभिनय गरेका छन् ।

माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सिलन लम्सालले सम्पादन गरेका हुन् । गायकले टिमले नै मिहिनेत गरेको भन्दै दर्शकले रुचाउनेमा विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment