+
+
Shares

आत्महत्या गर्न उक्साउने दुनियाँकै अनौठो किल्ला

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १२:४७

छिमेकी मुलुक भारतको महाराष्ट्रस्थित एउटा यस्तो प्राचीन किल्ला छ, जसलाई श्रापित ठाउँ मानिन्छ । माथेरान तथा पनवेल क्षेत्रबीचको भागमा पर्ने प्रबलगढमा रहेको किल्लालाई आत्महत्याका लागि उक्साउने किल्ला पनि भनिन्छ ।

२३ सय फिट अग्लो पहाडमा ठडिएको यो किल्लाको वातावरण यति सन्नाटापूर्ण छ कि यसले मान्छेहरुलाई आत्महत्याका लागि प्रेरित गर्दछ । उक्त किल्लाको नाम कलावन्ती किल्ला हो । त्यस ठाउँमा साँझ पर्न थालेसँगै माहौल बदलिन्छ ।

अहिलेसम्म उक्त किल्लाबाट हाम फालेर कैयन् मानिसले आत्महत्या गरिसकेका छन् । चट्टान काटेर त्यहाँ पुग्ने सिँढी बनाइएको छ । उक्त सिँढीमा न त डोरी नै टाँगिएको छ, न त रेलिङ नै छ । त्यसैले पनि कतिपय मानिसहरुको त चढ्ने झर्ने क्रममा चिप्लिएर लडेपछि समेत मृत्यु हुने गरेको छ ।

सूर्यास्त हुनुअघि बाटै यहाँ सन्नाटा छाउँछ । स्थानीय मानिसहरुका अनुसार उक्त ठाउँमा प्रेत आत्मा भड्किरहेको हुनाले नै मान्छेहरुलाई आत्महत्याका लागि बाध्य पार्दछ ।

कतिपय मानिसहरुले जीवनबाट दिक्क भएर आत्महत्याकै लागि त्यहाँ जाने गरेको बताइन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?