+
+
Shares

१३ बर्ष अघि रिलिज भएको ‘घायल’को ‘माया गर मायालुलाई’ गीत टिकटकमा हिट

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १३:२८

१३ बर्ष अगाडि नायिका जेनी कुँवरको प्रस्तुतिमा तयार भएको चलचित्र ‘घायल’ले बक्स अफिसमा राम्रै व्यापार गर्यो । राजेश हमाल, निखिल उप्रेती, अरुणिमा लम्साल, जेनी कुँवर, विक्रान्त बस्नेत लगायतका कलाकारको यो चलचित्रमा मुख्य भूमिका छ ।

घर परिवार र प्रेममा घायल भएको मानिसको कथा प्रस्तुत गरिएको यो चलचित्रका गीतसंगीत पनि उत्कृष्ट थिए ।

यो चलचित्रमा समावेश ‘माया गर मायालुलाई’ बोलको गीतले रिलिजको समयमा खुबै चर्चा पायो । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जेनी कुँवर र विक्रान्त बस्नेतलाई फिचरिङ गरिएको छ । महेश खड्काको संगीतमा तयार भएको यो गीतमा दीपक लिम्बु र अन्जु पन्तको स्वर छ । दिनेश पाख्रिन र गोविन्द राइले कोरियोग्राफी गरेका चलचित्रका गीतहरुले चलचित्रको व्यापारमा ठूलो मद्दत पुर्याएका थिए ।

१३ बर्ष अगाडि रिलिज भएको चलचित्रको यो गीत अहिले फेरि चर्चामा छ । सामाजिक संजाल टिकटकमा यो गीतमा टिकटक बनाउने लहर नै चलेको छ । टिकटकमा ट्रेन्डिङमा समेत रहेको यो गीतमा टिकटक प्रयोगकर्ताहरुले आ–आफ्नै स्टाइलमा नृत्य गरेका छन् ।

चलचित्रको गीतको भिडियोमा नृत्य गरेका विक्रान्त बस्नेत अमेरिकामा छन् । यस्तै, जेनी कुँवर पनि अहिले चलचित्र क्षेत्रबाट टाढा जस्तै छिन् । संगीतकार महेश खड्काको संगीत पनि चलचित्रमा अहिले खासै सुन्न पाइदैन । तर, एक दशक अगाडि चर्चामा रहेको यो गीतलाई टिकटकले फेरि एकपटक चर्चामा ल्याइदिएको छ ।

कसरी भयो हिट ?
चलचित्र ‘घायल’मा समावेश यो गीतले टिकटक प्रयोगकर्ताहरुको मन जित्नुको मुख्य कारण यो गीतमा कभर भिडियो बन्नु हो । यो गीतलाई बेष्ट प्रोडक्शनको प्रस्तुतीमा टिम कार्टुनसँगको सहकार्यमा कभर भिडियो बनाइएपछि दर्शकको नजरमा परेको हो । यो टिमले बनाएको भिडियोलाई करिब १५ लाख पटक हेरिएको छ । हाल नेपालको ११ नम्बरको ट्रेन्डिङमा रहेको गीतलाई टिकटकमा पनि खुबै रुचाइएको छ । सविन कार्कीको सम्पादन तथा निर्देशनमा यो भिडियो तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?