+
+
Shares

सुनिल र मनिषालाई प्रेरणाको श्रोत मान्ने सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १४:१०

नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकारहरुलाई प्रेरणाको श्रोत मान्दै यो क्षेत्रमा आउन चाहने यूवाहरुको कमी छैन । रसियामा रहेर सामाजिक संजालमा ट्रेन्ड गरिरहेका सन्देश लम्साल नायिका मनिषा कोइराला र कलाकार सुनिल थापालाई आफ्नो प्रेरणाको श्रोत मान्छन् ।

नेपालमा जन्मिएर बलिउडमा समेत ठूलो प्रभाव पार्न सकेका कारण आफू मनिषा र सुनिलको प्रशंसक रहेको सन्देश बताउँछन् । उनको इन्स्टाग्राम, फेसबुक, गुगल, अमेजन जस्ता सामाजिक संजालहरु प्रमाणित भैसकेका छन् ।

गीतसंगीतमा समेत रुची राख्ने सन्देश आफूले अहिले गीत लेखिरहेको र चाडै नेपाल आएर रेकर्ड गर्ने बताउँछन् । उनी विश्व ताइक्वान्डो संगठन, कुकिवन, दक्षिण कोरिया र नेपाल तेक्वान्दो संघबाट प्रमाणित २ डन ब्ल्याक बेल्ट खेलाडी समेत हुन् । सन्देश भन्छन्–‘हामीले नेपाली चलचित्र, कला संकृतीको प्रचारका लागि रुसमा विभिन्न कार्यक्रम गरिरहेका छौ । रसियाको सेन्ट पीटर्सबर्गमा नेपाली संकृती, परम्परा र पर्यटनको सक्रियताका साथ प्रचार गरिरहेका छौ ।’

सन्देश अभिनय, मोडलिङ, खेलकुद र भ्लगिंमा रुची राख्छन् । उनल् सन् २०१४ बाट संयुक्त राष्ट्रका अनलाइन स्वयंसेवक र सन् २०१५ बाट रुसको राष्ट्रिय स्वयंमसेवकको रुपमा समेत योगदान दिएका थिए ।

सन्देशले भारतीय सोशल मिडिया प्रयोगकर्ताहरुसँग मिलेर पनि काम गरिरहेको बताए । उनी भन्छन्–‘मेरा केही सामाग्रीहरु तुलसी कुमार, ममता शर्मा जस्ता बलिउडका लोकप्रिय गायिकाहरुले शेयर गरेका छन् ।’ आउँदो बर्षबाट रसियाको पावलोभ स्टेट मेडिकल यूनिभर्सिटी, सेन्ट पीटर्सबर्गबाट चिकित्सकको रुपमा स्नातकको पढाई पुरा गर्ने तयारीमा रहेका सन्देशले स्वास्थ्य, सामाजिक कार्य र मनोरञ्जन क्षेत्रमा काम गर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?