+
+

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १६:३१

१५ मंसिर, काठमाडौं । कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पुर्‍याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका एकजना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१ घर भएका खम्ब घले छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार करिब ५ करोड रुपैयाँ रकम चोरिएको प्रकरणमा उनले समेत पैसा निकालेको पाइएको छ ।

यसअघि घटनामा श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ लगायत पक्राउ परिसकेका छन् । घलेलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ र अब संगठित अपराध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?