Comments Add Comment

भरतपुर अस्पतालमा ५० शैय्याको आकस्मिक भवनको शिलान्यास

१५ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा ५० शैय्याको सुविधा सम्पन्न आकस्मिक कक्ष भवन बन्ने भएको छ । करिब ९ करोडको लागतमा बन्ने भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरे ।

अस्पतालको गुरुयोजना अनुसार नै अहिलेको ओपीडी भवनको अगाडि सडकसँग सटेको जग्गामा आकस्मिक कक्ष भवन बनाउन लागिएको हो । भवनमा माइनर अप्रेशन थ्रिएटर, आकस्मिक ल्याब, फार्मेसी, शव राख्ने ठाँउ लगायतका सबै सुविधा रहने सूचना अधिकारी लिलाधर पौडेलले बताए । एक वर्षभित्र भवनको निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । त्यसका लागि बजेटसमेत विनियोजन भएर टेण्डरको प्रक्रियामा रहेको पौडेलले बताए ।

यस्तै स्वास्थ्यमन्त्री ढकालले भरतपुर अस्पतालमा नै सरुवा रोग अस्पताल भवनको शिलान्यास पनि सो अवसरमा गरे । ५० शैय्या क्षमताको सरुवा रोग विभाग अस्पताल ‘डी’ ब्लक भवनमा बन्ने छ । ‘डी’ ब्लक भवन बहुवर्षीय बनाउन चालु आर्थिक वर्षमा ८ करोड रकम विनियोजन गरिएको छ । अस्पतालमा अहिले ‘सी’ ब्लक भवन र बिरामी कुरुवा घर निर्माण अन्तिम चरणमा पुगेको छ ।

२० शैय्याको एचडीयूको उद्घाटन

कोरोना लक्षित बिरामीलाई मध्यनजर गरेर अस्पतालमा २० शैय्याको एचडीयू सेवा सुरु गरिएको छ । अस्पतालको ‘ए’ ब्लकको भूँई तलामा राखिएको एचडीयूको मन्त्री ढकालले उद्घाटन गरे । यसलाई थप बिस्तार गरी ४० बेड पुर्‍याउने लक्ष्य रहेको सूचना अधिकारी पौडेलले बताए । यसका लागि सरकारले ३ करोड रकम विनियोजन गरेको छ । अस्पतालमा अहिले कोरोना संक्रमित बिरामीका लागि १० बेडको आईसीयू छुट्टाइएको छ । आईसीयू लैजान नपर्ने तर अक्सिजनको सर्पोट चाहिने बिरामीका लागि एचडीयू प्रभावकारी मानिन्छ । मन्त्री ढकालले सोमबार नै अस्पतालको वार्षिक प्रतिवदने सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment