+
+
Shares

वर्ल्डलिंक कम्युनिकेसनले पायो अन्तर्राष्ट्रिय पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते २१:२२

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । वर्ल्डलिंकले नेपालका विभिन्न भागहरुलगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको हो । हालसम्म यो पुरस्कार पाउने वल्र्डलिंक नेपालको पहिलो कम्पनी हो ।

१९ नोभेम्बर २०२० तारिख का दिन वर्ल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विधामा पुरस्कार घोषणा गरेको थियो । उक्त समाहरोहमा वर्ल्डलिंकले सो पुरस्कार जितेको हो ।

सन १९७८ मा स्थापित, वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो, जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध छन । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछ ।

विश्वव्यापी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागि र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?