+
+
Shares

अब ट्राफिक लाइट बेवास्ता गर्नेले पनि कक्षा लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १६ गते १७:३४

१६ मंसिर, काठमाडौं । के तपाई ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला है !

ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।

लकडाउन अघि ट्राफिक कारबाहीमा परेका चालकहरु स्वयं बग्गिखाना गएर आफैँ ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अवस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत निरन्तरता दिने भएको छ ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई भन्छन्, ‘लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागी हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेका छौं ।’

लामो समयदेखि बग्खिानामा लिदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो ।

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिँदै आएकोमा अबदेखि ट्राफिक लाईटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?