Comments Add Comment

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

१६ मंसिर, काठमाडौं । झापाबाट लागूऔषध गाँजा मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका छन् ।

जिल्ला अदालत झापाको २०७५ असार २१ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।  तर २ वर्ष ४ महिना १५ दिन कैद असुल हुन बाँकी छँदै उनी फरार भएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई निजकै घरबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment