
१६ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ३ जना, ललितपुर र झापाका २/२ जना, भक्तपुर, धादिङ, गोरखा, रुपन्देही, कपिलवस्तु, दाङका १/१ जनाको मृत्यु भएको प्रदेको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएको छ ।
काठमाडौंका ८० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी समस्या भएका उनलाई ८ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया भएर ९ गते अस्पताल भर्ना भएका थए ।
काठमाडौंका ६७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि १५ मंसिरमा अस्पताल भर्ना भएका थिए भने सोही दिन संक्रमण पुष्टि भएको थियो ।
काठमाडौंकी ५८ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । ६ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि १४ गते अस्पताल भर्ना भएकी थिइन् ।
ललितपुरकी ६५ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासको समस्या लिएर १४ मंसिरमा अस्पताल भर्ना भएकी उनलाई १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेहको समस्या पनि थियो ।
ललितपुरका ७० वर्षीय पुरुषको १२ मंसिरमा मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या लिएर १० मंसिरमा अस्पताल भर्ना भएका उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो । उनलाई दम र नसासम्बन्धी रोग समेत थियो ।
भक्तपुरकी ७४ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । दम रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या लिएर ८ मंसिरमा अस्पताल भर्ना भएकी थिइन् ।
धादिङका ७६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया र श्वासप्रश्वासमा समस्या भएपछि ७ मंसिरमा अस्पताल भर्ना भएका थिए ।
शिवसताक्षी नगरपालिका, झापाकी ३६ वर्षकी कोरोना संक्रमित महिलालाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा मंगलबार दिउँसो मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन् ।
दमक नगरपालिका-३, झापाकी ८२ वर्षीया महिलाको मंगलबार बिहान ७:५० बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गोरखा नगरपालिका-६, गोरखाकी ७५ वर्षीया महिलाको मंसिर १२ गते शुक्रबार राति मृत्यु भएको छ । उनमा मंसिर ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
बुटवल उपमहानगरपालिका–७, रुपन्देहीकी ५३ वर्षीया महिलाको मंसिर १५ गते दिउँसो कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । मंसिर ११ गते संक्रमण पुष्टि भएकी उनी १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनी मधुमेहको बिरामी थिइन् ।
शिवराज नगरपालिका-५, कपिलवस्तुकी ५० वर्षीया महिलाको सोमबार राति १० बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा मृत्यु भएको छ । मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी उनी मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् ।
तुल्सीपुर उपमहानगरपालिका-५, दाङका ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मंगलबार विहान ८ बजे मृत्यु भएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया 4