Comments Add Comment

मुलरको पेनाल्टी गोलमा बार्यन हारबाट जोगियो

१७ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह ए को खेलमा जमर्न क्लब बार्यन म्युनिख र स्पानिस क्लब एट्लेटिको मड्रिडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको बार्यनले खेल सकिन चार मिनेट बाँकी छँदा थोमस मुलरको गोलमार्फत खेल बराबरी गरेको हो । ८६औं मिनेटमा मुलरले पेनाल्टीमा गोल गर्दै बार्यनलाई हारबाट बचाएका थिए ।

त्यसअघि घरेलु मैदानमा जाओ फेलिक्सले २६औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए । तर अन्तयतिर गोल खाएपछि एट्लेटिकोले जित हात पार्न सकेन ।

बराबरीपछि पनि ५ खेलबाट १३ अंकसहित बार्यन समूह ए को शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । अर्को खेलमा लोकोमोतिभ मस्कोलाई ३-१ ले पराजित गरेको साल्जवर्ग ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ ।

अब समूह चरणको अन्तिम खेलमा एट्लेटिकोले साल्जवर्गसँग खेल्दैछ । यस खेल बराबरी गरेपनि एट्लेटिको अन्तिम १६ मा पुग्नेछ । साल्जवर्गले जित हात पारेमा भने एट्लेटिको बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment