Comments Add Comment

क्यानले बनायो क्रिकेट समिति र छनोट समिति

१७ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दुई नयाँ समिति निर्माण गरेको छ । यही मंसिर १५ गते बसेको कार्यसम्पादन समितिको बैठकले क्रिकेट समिति र छनोट समिति निर्माण गरेको क्यानले बुधबार विज्ञप्तीमार्फत जनाएको छ ।

क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति र राष्ट्रिय टिमका पहिलो कप्तान उत्तम कर्माचार्य संयोजकत्वमा छनोट समिति निर्माण गरेको क्यानले जनाएको छ । क्यानका अनुसार क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु क्यानको आगामी बैठकबाट थप गरिनेछ ।

उपाध्यक्ष राजुबाजु स्वयं क्यानको कार्यसम्पादन समिति सदस्यको रुपमा रहेका छन् । क्यानले गत पुस २२ गते दैनिक कार्यसम्पादन सहज होस् भन्ने उद्द‍ेश्यले अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य अमितविर पाण्डे सम्म्लित पाँच सदस्यीय कार्यसम्पादन समिति बनाएको थियो ।

क्यानले यसअघि नै रोशन कुमार सिंहको संयोजकत्वमा फाइनान्सियल कमिटी, प्रशान्तविक्रम मल्लको सयोजकत्वमा टुर्नामेन्ट कमिटी, संजयराज सिंहको संयोजकत्वमा टेक्निकल कमिटी र सचिव अशोकनाथ प्याकुरेलको संयोजकत्वमा मिडिया कमिटी निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment