Comments Add Comment

तेन्दुलकरको कीर्तिमान तोड्दै कोहली बने ओडीआईमा छिटो १२ हजार रन बनाउने खेलाडी

१७ मंसिर, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता (ओडीआई) मा सबैभन्दा छिटो १२ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।

अष्ट्रेलियाविरुद्ध ३ खेलको सिरिज अन्तर्गत तेस्रो खेलमा कोहलीले १२ हजार ओडीआई रन पूरा गरेका हुन् । क्यानवेरास्थित मानुका ओवल क्रिकेट स्टेडियममा भइरहेको खेलमा अष्ट्रेलियाका सिन एबोटले बलिङ गरेको १३ औं ओभरको पहिलो बलमा १ रन लिंदै कोहली ओडीआईमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडी बनेका छन् । उनले १२ हजार रन बनाउन २४२ इनिङ्स मात्र खेल खेले ।

अष्ट्रेलियाविरुद्धको यो खेलमा ६३ रन बनाएर ३२ औं ओभरको अन्तिम बलमा कोहली आउट भए ।

खेल अगाडि कोहलीलाई १२ हजार रन पूरा गर्न मात्र २३ रनको आवश्यकता थियो । यसअघि भारतकै मास्टर ब्लास्टर सचिन तेन्दुलकरले ३०० औं इनिङ्समा ओडीआईमा १२ हजार रन बनाएका थिए ।

कोहलीले यसअघि पहिलो ओडीआईमा २१ र दोस्रो ओडीआईमा ८९ रन बनाएका थिए । कोहलीले २५१ औं ओडीआई म्याच खेल्ने क्रममा २४२ इनिङ्समा ब्याटिङ गर्दै सचिनको कीर्तिमान तोडेका हुन् ।

ओडीआईमा करिब ६० रनको औसतमा ब्याटिङ गर्ने कोहलीले ४३ शतक र ५९ अर्धशतक प्रहार गरिसकेका छन् ।

कोहली ओडीआईमा ८ हजार, ९ हजार, १० हजार र ११ हजार रन पनि छिटो पूरा गर्ने खेलाडी हुन् । उनले अब १३ हजार र १४ रन पनि छिटो बनाउने सम्भावना छ ।

ओडीआईमा छिटो १२ हजार रन बनाउने खेलाडी

विराट कोहली : २५१ म्याच (२४२ इनिङ्स)

सचिन तेन्दुलकर : ३०९ म्याच (३०० इनिङ्स)

रिकी पोन्टिङ : ३२३ म्याच (३१४ इनिङ्स)

कुमार सांगाकारा : ३५९ म्याच (३३६ इनिङ्स )

सनथ जयसूर्या : ३९० म्याच (३७९ इनिङ्स )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment