Comments Add Comment

ठगी र चोरी मुद्दाका फरार तीन प्रतिवादी पक्राउ

१७ मंसिर, काठमाडौं । ठगी र चोरी मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–६ घाँसचोकका ५३ वर्षीय मो. सकिल खान, विराटनगर महानगरपालिका–१ शान्ति चोकका ३० वर्षीय लाले राय सहनी, र ४८ वर्षीय दिपेश राय सहनी रहेका छन् ।

मो. सकिल खानलाई जिल्ला अदालत मोरङले २०७५ कात्तिक १९ गते ठगी मुद्दामा १५ दिन कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । फरार रहेको अवस्थमा खानलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मंगलबार विराटनगर महानगरपालिका–६ घाँस चोकबाट पक्राउ गरेको हो ।

यस्तै लाले र दिपेशलाई जिल्ला अदालत मोरङले २०७३ साल असार २४ गते चोरी मुद्दामा १ महिना १५ दिन कैद र १६ हजार ४ सय १९ रूपैयाँ जरिवाना सुनाएको थियो ।

फरार रहेका दुवै जना प्रतिवादीलाई बुधबार विराटनगर महानगरपालिका–१ शान्ति चोकबाट पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेको राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment