Comments Add Comment

३ दिनमा सातै महादेश पुगेर यी महिलाले राखिन् विश्व कीर्तिमान

काठमाडौं । मात्र ३ दिनमा पृथ्वीमा सातवटै महाद्विपहरु टेकेर एकजना महिलाले गिनिज बुकमा नाम लेखाएकी छिन् ।

युनाइटेड अरब इमिरेट्स (युएई) कि ती कीर्तिमानी महिलाको नाम डाक्टर ख्वाला अल रोमाइथी हो ।

सबैभन्दा छिटो समयमा विश्वका सातवटै महादेशको यात्रा गरेर विश्व कीर्तिमान कायम गरेकी ख्वालाले सातवटै महादेश घुम्नका लागि जम्मा ३ दिन १४ घण्टा ४६ मिनेट ४८ सेकेण्डको समय खर्च गरिन् ।

गिनिज वर्ल्ड रेकर्डस्को वेबसाइटमा उल्लेख भएअनुसार उनी यसबीचमा २ सय ८ वटा मुलुक पुगेकी थिइन् । गत फेब्रुअरी १३ मा अष्ट्रेलियाको सिड्नीमा उनले आफ्नो यात्रा सम्पन्न गरेकी गरिन् ।

उनी भन्छिन्, ‘युएई झण्डै २ सय वटा विभिन्न राष्ट्रियता भएका मानिसहरुको घर हो । मैले उनीहरु सबैको देश भ्रमण गरेर उनीहरुको संस्कृति र परम्परा जान्न चाहन्थेँ ।’

आफ्नो पृथ्वी भ्रमणका बारेमा जानकारी गराउँदै उनले उक्त यात्रा निकै कठीन रहेको बताइन् । यात्राको क्रममा निकै ठूलो धैर्यको आवश्यकता पर्ने र निरन्तरको जहाजको यात्रा पनि सजिलो नहुने उनको अनुभव छ ।

विश्व भ्रमणका क्रममा कतिपय बेला त उनले यात्रा बिचमै त्यागूँ कि भन्ने समेत सोँचिन् । तर अन्ततः यात्रालाई निरन्तरता दिएर कीर्तिमान कायम गरिछाडिन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment