Comments Add Comment

८३०० नमुना परीक्षण गर्दा १४९० जनामा संक्रमण पुष्टि

१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा ५६५ महिला र ९२५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १६ हजार ५४७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ७४१ होम आइसोलेसनमा छन् भने ३६५ जनाको आईसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३१ जना, ललितपुरका १३४ र भक्तपुरका ५८ जना छन् ।

यस्तै कैलालीका ११२ जना, दाङका ६९, कास्कीका ५८, चितवनका ४८, झापाका ३१, मोरङका २९, रुपन्देहीका २८, सुनसरीका २४, नुवाकोटका २३, बाँकेका २२, इलाम र गोरखाका २१/२१, काभ्रे र पाल्पाका १९/१९ जना, मकवानपुरका १८, कञ्चनपुरका १७, धादिङका १६, तनहुँका १४, रामेछापका १३, अछामका ११, धनुषा र सिन्धुलीका ९/९ जना तथा सिराहा र बाजुराका ८/८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रसुवाका ७ जना, नवलपरासी, प्युठान, बर्दिया र बझाङका ६/६ जना, पर्सा, महोत्तरी र दोलखाका ५/५ जना, रुकुमका ४, उदयपुर, बारा, नवलपुर र गुल्मीका ३/३ जना, धनकुटा, सप्तरी र सर्लाहीका २/२ जना तथा ताप्लेजुङ, पाँचथर, भोजपुर, सिन्धुली, रोल्पा, डडेलधुरा र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment