Comments Add Comment

हुम्ला विमानस्थलको आगलागी नियन्त्रणमा आयो, एकजना घाइते

१८ मंसिर, सुर्खेत । हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयको दुईको घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

‘चिसोले पानी जमेका कारण आगो निभाउन समस्या भएको थियो । तर बिहानैदेखि सबैको प्रयासमा आगो नियन्त्रणमा आएको छ,’ डीएसपी सुबेदीले भने, ‘क्षतिको यकिन विवरण भने अझै आउँन सकेको छैन् ।’

विमानस्थल क्वाटरमा बिहीबार बिहानै आगो लागेको थियो । कार्यालयमा हिटर बालिएको र विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने डीएसपी सुबेदीले बताए ।

‘कार्यालयमा हिटर बालिएको रहेछ । हिटरको लातोले विद्युतको तार सर्ट भएर आगो लागेको हुनसक्छ,’ सुवेदीले भने, ‘कसैले आगो लगाएको भन्दा पनि प्राविधिक कारणले नै आगो लागेको पाइएको छ ।’

डीएसपी सुबेदीका अनुसार आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment