Comments Add Comment

स्टेफानी फ्रापपार्ट बनिन् पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री

१८ मंसिर, काठमाडौं । फुटबल रेफ्री स्टेफानी फ्रापपार्टले नयाँ कीर्तिमान बनाएकी छिन् । च्याम्पियन्स लिग अन्तर्गित युभेन्ट्स र डिनामो किभबीचको खेल सञ्चालन गर्दै स्टेफानी पुरुषको च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् ।

समूह जी अन्तर्गत खेलमा युभेन्ट्सले घरेलु मैदानमा डिनामोलाई ३-० ले पराजित गरेको थियो । युभेन्ट्सका लागि फेडेरिको चिएसो, क्रिस्टायनो रोनाल्डो र अल्भारो मोराटाले एक-एक गोल गरे ।

फ्रेन्च रेफ्री फ्रापपार्टले ठूलो खेल खेलाएको भने यो पहिलो पटक होइन । उनले गत वर्ष लिभरपुल र चेल्सीबीचको युरोपियन सुपर कपको फाइनल रेफ्री गरेकी थिइन् ।

यसै खेलमार्फत रोनाल्डोले करियरको ७५०औं गोल गरेका हुन् । युभेन्ट्सको लागि भने उनको यो ७५औं गोल हो ।

युभेन्ट्सले अब समूह्य चरणको अन्तिम खेलमा स्पानिस क्लब बार्सिलोनासँग खेल्नेछ । यसअघि समूह जी बाट बार्सिलोना र युभेन्ट्स अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment