Comments Add Comment

नेयमारको दुई गोलमा पीएसजीले युनाइटेडलाई हरायो

१८ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ ले हरायो ।

नेमारले दुई गोल गरेपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको युनाइटेडलाई उसैको मैदानमा सहजै हरायो ।

नेमारले खेलको छैटौं मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

६९औं मिनेटमा मार्कुविन्होसले गोल गर्दै पीएसजीलाई फेरि अग्रता दिलाए । ७०औं मिनेटमा फ्रेड रातो कार्ड पाउ मैदान बाहिरिएपछि युनाइटेडलाई अर्को झड्का लाग्यो । इन्जुरी टाइममा नेमारले गोल गर्दै पीएसजीको जित पक्का गरे ।

यसै समूहको अर्को अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिगले टर्किस क्लब इस्तानबुला बाकाससेयरलाई ४-३ ले हरायो । बासाकसेयरका इर्फान काहभेचीले ह्याट्रिक गरे पनि त्यो हार टार्न पर्याप्त भएन । लाइपजिगका लागि युसुफ पाउलेन, नोर्दी मुकेली, डानिएल ओल्मो र एलेक्जान्डर सोरेलोथले एक-एक गोल गरे । सोलेरेथले इन्जरी टाइममा गोल गर्दै लाइपजिगलाई जित दिलाए ।

दुई खेलको नतिजापछि युनाइटेड, पीएसजी र लाइपिजगको समान ९ अंक छ । गोलअन्तरमा युनाइटेड शीर्ष स्थानमा छ । तर अहिलेसम्म कुनै टिमले समूह चरण पार गरिसकेका छैनन् । समूहको अन्तिम दुई खेलपछि नै अन्तिम १६ मा पुग्ने दुई टिमको टुङ्गो लाग्ने भएको छ ।

अन्तिम खेलमा युनाइटेडले लाइपजिग र पीएसजीले बासाकसेयरसँग खेल्नेछ । ५ खेलमा १ जित मात्र हात पारो बासाकसेयर भने यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । अब तीन टिम अन्तिम १६ मा पुग्ने होडमा छन् ।

अन्तिम खेलमा युनाइटेड र पीएसजीले जित हात पारेमा युनाइटेड र पीएसजी अन्तिम १६ मा पुग्नेछन् । युनाइटेड लाइपजिगसँग पराजित भए पनि पीएसजी बासाकसेयरसँग पराजित भएमा भने युनाइटेड अन्तिम १६ मा पुग्नेछ । यस्तै दुवै खेल बराबरी भएमा पनि युनाइटेड अन्तिम १६ मा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment