+
+
Shares

८७ अर्ब निक्षेप दिन ३२ बैंक तथा वित्तीय संस्थाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १२:१०

१८ मंसिर, काठमाडौं । वित्त बजारबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता उठाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ८६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएपछि २८ दिनका लागि केन्द्रीय बैंकले ५० अर्ब उठाएको हो ।

एकैपटक ५० अर्ब बोलकोलबाट निक्षेप उठाउनका लागि राष्ट्र बैंकले सूचना निकालेको थियो । बुधबार अपरान्हसम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले ८७ अर्ब ५ करोड रुपैयाँ निक्षेप राख्न भन्दै आवेदन दिएका थिए ।

आवेदन दिएका ३२ मध्ये २५ बेंक तथा वित्तीय संस्थाबाट ५० अर्ब उठाइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

उनका अनुसार यसरी उठाइएको रकमको भारित औसत ब्याजदर ०.६२०५ प्रतिशत रहेको छ । वित्त बजारमा तरलता अभाव भएको खण्डमा राष्ट्र बैंकले पठाउने र धेरै भएको अवस्थामा उठाउने गर्दछ । राष्ट्र बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?