Comments Add Comment

भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको मृत्यु

१८ मंसिर, काठमाडौं । उदयपुरमा भरुवा बन्दुक पड्किँदा एकजना वन कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका-१ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोला रहेका छन् ।

गस्ती गएको समयमा बुधबार राति बुलबुल सामुदायिक वनमा फेला परेको बन्दुक गाडीमा राखेर कार्यालय तर्फ ल्याइएको थियो । उक्त बन्दुक गाडीबाट निकाल्ने क्रममा अचानक पड्किँदा बस्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामुदायिक वनभित्र हतियारसहितको टोली देखेपछि वन कर्मचारीले उनीहरुलाई लखेटेका थिए । वन कर्मचारीलाई देखेपछि हतियारधारी समूह बन्दुक फालेर फरार भएका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment