Comments Add Comment

रमेश विकल वाङ्मय पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार विजेताहरूको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै नाम सार्वजनिक गरेको हो ।

जसअनुसार ‘विकल वाङ्मय साहित्य पुरस्कार’ वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । यसैगरी २० हजार रुपैयाँ राशीको ‘रमेश विकल सुशीला समाजसेवा पुरस्कार’ सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिने भएको छ । रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्यचिन्तक विश्वभक्त दुलाल आहुतीलाई प्रदान गरिने छ ।

साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने छ । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ ।

सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए । प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यहरूमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment