Comments Add Comment

केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल

तस्वीर : रासस

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो टिप्पणी गरेका छन् । ओली लोकतन्त्रका लागि नभई हत्या मुद्दामा जेल बसेको उनले बताए ।

बुधबार गृहजिल्ला तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । बिहीबार सोही पुल उद्घाटन गर्दै पौडेलले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् ।

‘यो देशको प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भेर ककसले भन्नुभयो । होइन, ज्यान मुद्दामा बसेको हो’ उनले अघि भने, ‘जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो । अनि जेल परिहाल्यो । यो लोकतन्त्रका लागि हो ? केपी ओली मेरो अगाडि कुरा गरोस् ।’

जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ ? भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको उनको दाबी छ । पौडेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न उठाए । ‘राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि । विदेशी गुप्तचरसँग तीन घण्टा के गरियो ? राष्ट्रवाद त्यही हो ?’उनले प्रश्न गरे ।

किसुनजीले कम्युनिस्टहरुलाई साथमा लिएर हिँड्न खोजेको तर गर्दागर्दा हैरान भएपछि ‘गधालाई जति धोएर गाई बनाउन सकिएन । कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन’ भनेको स्मरण गर्दै पौडेलले प्रधानमन्त्री ओली सुध्रिए होलान् भन्ने लागेपनि नसुध्रिएको बताए ।

कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन भन्ने बुधबारको घटनाले देखाएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment