+
+
Shares

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते २०:१७

१८ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ५, ललितपुर, भक्तपुर र नुवाकोटमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • काठमाडौंकी ७२ वर्षकी महिलाको मंसिर १७ गते मृत्यु भएको छ । मंसिर १० गते अस्पताल भर्ना भएकी उनमा १२ गते संक्रमण पुष्टि भएको थियो । उनमा दमको रोगसमेत थियो ।
  • काठमाडौंकी ८० वर्षकी महिलाको मंसिर १७ गते मृत्यु भएको छ । मंसिर १६ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गाला रोगको समस्या थियो ।
  • काठमाडौंका ५० वर्षका पुरुषको मंसिर १८ गते मृत्यु भएको छ । मंसिर ५ गते संक्रमण पुष्टि भएपछि ६ गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र ब्रेनसम्बन्धी रोगको समस्या थियो ।
  • काठमाडौंकी ७२ वर्षकी महिलाको मंसिर १७ गते मृत्यु भएको छ । कात्तिक ३० गते संक्रमण पुष्टि भएका उनी मंसिर २ गतेदेखि अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचापको समस्या थियो ।
  • काठमाडौंका ६३ वर्षका पुरुषको मंसिर १८ गते मृत्यु भएको छ । मंसिर १६ गते अस्पताल भर्ना भएका उनमा १७ गते संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ५१ वर्षका पुरुषको मंसिर १७ गते मृत्यु भएको छ । १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौला र उच्च रक्तचापको समस्या थियो ।
  • नुवाकोटकी ४० वर्षकी महिलाको मंसिर १८ गते मृत्यु भएकोछ । मंसिर ९ गते अस्पताल भर्ना भएकी उनमा १० गते संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरकी १०० वर्षकी महिलाको मंसिर १८ गते मृत्यु भएको छ । मंसिर ७ गते अस्पताल भर्ना भएकी उनमा १६ गते संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?