Comments Add Comment
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन :

कोभिड खोप अधिकतम नाफाको माध्यम हुनु हुँदैन : प्रधानमन्त्री ओली

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए ।

अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे ।

कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।

अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भनेका छन्, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment