Comments Add Comment

दोलखाका धार्मिक गन्तब्य खुला, कालिन्चोक र भिमेश्वर दर्शन गर्न सकिने

१८ मंसिर, काठमाडौं । दोलखा जिल्ला भित्रका धार्मिक गन्तब्य सर्वसाधारणको दर्शनका लागि खुला भएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाले ३० असोजमा एक आदेश जारी गरी जिल्ला भित्रका मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो । बिहीबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसअघिको आदेश हटाउने निर्णय गरेको हो ।

यससँगै दोलखाका चर्चित धार्मिक गन्तब्य भिमेश्वर, कालिन्चोकसहित धार्मिक क्षेत्रमा सर्वसाधारणले शुक्रबारबाट दर्शन गर्न सक्ने भएका छन् । यी धार्मिक गन्तब्यमा स्वास्थ्य सुरक्षाको मापदण्ड भने अनिवार्य पालना गर्न केन्द्रले भक्तजन तथा दर्शनार्थलाई आह्वान समेत गरेको छ । संघीय राजधानीबाट नजिक रहेको र सेवा सुविधा समेत पुगेका कारण दोलखामा अधिक संख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन् । दोलखा आन्तरिक पर्यटकबीच चर्चित गन्तब्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment