+
+
Shares

‘चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १३:१४

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताएका छन् । चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार भएको उनको दाबी छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले भारतसँग चीनसँगको सीमा विवाद पनि संवेदनशील भएको बताएका थिए ।

तर परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नभएको बताए । २०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी शाखाको हवाला दिएर चीनले योयो स्थानमा सीमा मिच्यो भनेर प्रचार भएपछि सरकारले टोली नै बनाएर अध्ययन गरेको बताए । चीन बनाएको संरचना सीमाभन्दा एक मिलोमिटर टाढा पाइएको उनले बताए ।

अहिले पनि त्यसरी नै प्रचार भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख लगायतको टोली गएर स्थलगत अध्ययन गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । त्यही टोलीको रिपोर्टिङका आधारमा परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेर प्रष्ट पारेको उनले बताए ।

नेपाल र चीनले सीमासम्बन्धी प्रोटेकलमा हस्ताक्षर गरेका सीमा पहिचान गर्न सहज भएको उनले बताए । उका अनुसार जिरो नम्बर पिल्लर त्रिदेशीय बिन्दु तय नभएकाले छैन भने हराएको भनिएको ५७ नम्बरको पिल्लर पनि भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?