+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बाराबाट स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १७:०५
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् ।

सशस्त्र प्रहरीको गस्तो टोलीले पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको टोलीले चेकजाँच गर्दा स्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?