Comments Add Comment

गृहमन्त्रालयले मातहतका कामकारबाहीको अनुगमनलाई तीब्रता दिने

१९ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा’बादल’ले गृहमन्त्रालय मातहतका निकायकाे कामकारबाहीकाे अनुगमनलाई तीब्रता दिइने बताएका छन् ।

गृहमन्त्रालयमा आव २०७७/७८ को प्रथम चाैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा गृहमन्त्री थापाले भने, ‘अब मातहतका कामकारबाहीकाे अनुगमन तीब्र पारिन्छ, अनुगमन गर्नु भनेकाे पनि एक प्रकारले काम गर्न सहयोग गर्नु हाे ।’

गृहमन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवहरुकाे नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टाेली समेत गठन गरेकाे छ ।

कार्यक्रममा गृहमन्त्री थापाले काेराेना लगायतका कारण प्रथम चाैमासिकमा अपेक्षित उपलब्धि नदेखिएको भन्दै आगामी दिनमा कामकारबाहीलाई तीब्रता दिन निर्देशन दिए । उनले भने, ‘कतिपय कामका लागि छुट्टयाइएको बजेटकाे उपयाेग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियाे, प्रथम चाैमासिककाे समिक्षा गरिरहँदा दोस्रो चाैमासिक योजना सफल पार्न अहिले देखिएका कमिकमजोरी निराकरण गर्दै याेजना बनाउनुहाेस् ।’

गृहमन्त्री थापाले विकास र समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप याेजना बनाउन मातहतका निकायलाई निर्देशन दिए ।

बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग,राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो प्रथम चाैमासिककाे कार्यप्रगति विवरण पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment