Comments Add Comment

घरमा नियमित ‘कीटाणुरहित’ बनाइरहनु पर्ने सामानहरू

कोरोना भाइरसको महामारीका कारण नेपालीहरूलाई पहिलेभन्दा धेरै सतर्क बनाएको छ । हानिकारक कीटाणु र ब्याक्टेरियाहरूबाट जोगिनको लागि नियमित हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने र बाहिर निस्कँदा मास्क अनिवार्य लगाउने गर्छाैं । भलै केही व्यक्तिले यो नियमलाई नाघ्ने गरे पनि धेरैले यसलाई अनुशरण गरिरहेको देखिन्छ ।

तर घरमा बस्दा वा कार्यालयभित्र पनि सम्भावित संक्रमणको क्षेत्रहरू के–के हुन्, जहाँ भाइरस संक्रमणको जोखिम बढी हुन्छ ? हामी नियमित साबुनपानीले हात धुन्छौं, मास्क लगाउँछौं र सामाजिक दुरीको नियम पनि पालना गर्छाैं । तर यी सबै गरेर मात्रै हामीले आफूलाई भाइरस र ब्याक्टेरियाबाट जोगाउन सक्छौं त ? घरमा कतिपय चिजहरु हुन्छन् जसलाई परिवारका सदस्यहरुले नियमित छोइरहेका हुन्छन् । तर ती चिजलाई नियमित सफा गर्न हामी भुलिरहेका हुन्छौं ।

ढोकाको चुकुल

घरको ढोकामा राखिएको चुकुल सधैं जसो र परिवारका सदस्यहरू सबैले प्रयोग गर्ने साझा सामान हो । अझ नियमित ढोका बन्द गर्ने गरिएको छ भने त झनै यो बढी प्रयोगमा आउँछ । आधुनिक घरको कुरा गर्ने हो भने त शयन कक्षको लागि छुट्टै ढोका, शौचालयको लागि छुट्टै ढोका किचनको लागि छुट्टै ढोका हुने गर्छ । यी ढोकाका चुकुलहरू सबै परिवारले नियमित छोइरहन्छौं जसका कारण यो पनि सम्भावित संक्रमण प्रसार गर्ने माध्यम बन्न सक्छ । तसर्थ हानिकारक कीटाणुहरूदेखि बच्न ढोकाको चुकुललाई नियमित कीटाणुरहित गर्नुहोस् ताकि घरमा कुनै कीटाणुहरू नपरोस् । कीटाणुनाशक गर्न तपाईंं बजारमा पाइने विभिन्न किसिमका कीटाणुनाशक स्प्रे प्रयोग गर्न सक्नुहुनेछ ।

सोफा, पर्दा आदिमा डिसइन्फेक्सन

ढोकाको चुकुलपछि घरमा सबैले धेरै छोइरहने भनेको सोफा, पर्दा जस्ता फर्निसिङका सामानहरू हुन्, नियमित सरसफाइमा ध्यान नदिने हो भने यिनीहरु पनि कीटाणु फैलाउने माध्यम बन्न सक्छन् । यी सामग्रीको कीटाणुशोधन गर्नका यी क्षेत्रमा नियमित डिसइन्फेक्सन गराउने र सफा पनि गरिरहने गर्नुपर्छ । सोफा जस्ता कतिपय वस्तुलाई पूरै साबुन वा सेनिटाइजरका साथ कीटाणुमुक्त गर्न सम्भव छैन । यस्तो अवस्थामा कीटनाशक स्प्रे छर्न सकिन्छ ।

अध्ययन गर्ने टेबल

घरमा धेरै पढ्ने लेख्ने मान्छे छन् भने अध्ययनको लागि राखिएको टेबल पनि संक्रमण फैलाउने साधन बन्न सक्छ । लेखनी टेबल त धेरैको घरमा हुन्छ । विशेष गरी बच्चाहरूले यसलाई अधिक प्रयोग गर्छन् । यसबाट जीवाणुको संंक्रमण समेत फैलिने भएकोले स्टडी टेबललाई समेत हरेक दिन स्प्रे गरेर कीटाणुरहित बनाउनु पर्छ ।

कार्पेट

कार्पेटहरूले घरको सौन्दर्य बढाउन मद्दत गर्छ । कार्पेट पनि यस्तो चिज हो जुन हामी धुन सक्दैनौं । किनकि यो एकदम बाक्लो हुन्छ । यसलाई कीटाणुशोधन गर्न तपाईंले स्प्रे प्रयोग गर्नुपर्छ । यसले कार्पेटमा रहेका कीटाणुहरूलाई मार्नेछ ।

गद्दा

जिज्ञासा होला सबैतिर हुन्छ भने कीटाणुहरू त ओछ्यानमा पनि पुग्न सक्छन् ? कीटाणुहरू हामीलाई देख्न सकिँदैन त्यसैले ओछ्यानलाई कसरी डिसइन्फेन्ट गर्ने ? एउटा ध्यान दिनुपर्ने कुरा यो हो कि जुन चिजहरु बारम्बार प्रयोग गर्ने गरिन्छ त्यसलाई कीटाणुशोधन गर्नैपर्छ । अब कुरा आउन सक्छ ओछ्यानलाई कसरी डिसइन्फेक्ट गर्ने ? एउटा त खाटमा प्रयोग गर्ने तन्नालाई नियमित सफा गर्न सकिन्छ । अर्काे यसमा कीटाणुनाशक स्प्रेको पनि प्रयोग गर्न सकिन्छ ।

किनमेलमा प्रयोग गर्ने झोला

नेपालमा पछिल्लो समय किनमेल गर्न जाँदा आफैँले किनमेल झोला बोकेर जाने चलन बढेको छ । अर्काे त बाहिरबाट आउँदा हामीमा पनि सम्भावित संक्रमाण हुन सक्छ । बजारबाट नै किनेर ल्याउने झोलामा पनि संक्रमण हुन सक्छ । त्यो झोलालाई कसरी सुरक्षित बनाएर घरभित्र पठाउने त ? त्यसैले यदि धुन मिल्ने छ भने घरबाट भित्र छिर्नुअघि नै झोलाहरू धुनुहोस् । यदि मिल्दैन भने स्प्रेद्वारा कीटाणुरहित बनाउन सकिन्छ ।

साँचोहरू

धेरैले वास्ता नगर्ने तर जोखिम बढी हुने क्षेत्र भनेको साँचो हो । गाडी या अन्य सवारी साधन चलाउनेहरुले घर भित्र छिर्ने बेलामा साँचोलाई पनि डिसइन्फेक्ट गराउनुपर्ने हुन्छ । कतिपयको त घरको साँचो पनि सवारीको साँचोको झुप्पामा नै राख्ने चलन पनि हुन्छ । त्यसैले यसबाट जोगिनको लागि यसलाई पनि साबुन पानीले धुने वा स्प्रे छर्किने गर्नुपर्छ ।

घर या कार्यालयमा किबोर्ड

घर वा कार्यालयमा किबोर्डको प्रयोगमा पनि हामीले सावधानी अपनाउनुपर्छ । नियमित प्रयोग गरिरहने किबोर्डमा पनि समयसमयमा डिसइन्फेक्ट गरिरहनुपर्छ । यसबाहेक पनि घरमा धेरैले नियमित प्रयोग गर्ने अन्य सामानहरुमा पनि नियमित डिसइन्फेक्ट गर्न सके घरबाट भाइरस हटाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment